‘आउट लः २१९’को फस्लटुक सार्वजनिक, एङ्ग्री लुक्समा देखिए सुशिल

...

जेठ, काठमाडौँ । चलचित्र  ‘आउट लः दभा २१९’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकमा चलचित्रका मुख्य नायक सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री लुक्समा देखाइएको छ । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । चलचित्र  ‘स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको हो । 
अमित अग्रहरिको निर्माणमा तयार भएको यो चलचित्रको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो चलचित्रअसोजको ३ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ ।

चलचित्रमा विक्की महर्जनको लेखन तथा निर्देशन छ । फिल्ममा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्ममा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा श्रृजना सुत्रको कास्टिङ छ ।

यो चलचित्रको यसअघि सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो । फस्टलुकसँगै चलचित्रप्रति दर्शकको उत्साह अझै बढ्ने देखिएको छ । नायक सुशिल श्रेष्ठका लागि यो फिल्म बलियो कमब्याको रुपमा रहने चर्चा फिल्मीवृत्तमा चलिरहेको छ । यो चलचित्रलाई देशभर डीसीएनले वितरण गर्नेछ ।