गीतकार टीका भट्टराईको गीत संग्रह ‘मुच्र्छना’माथि विमर्श

...

जेठ, काठमाडौँ । गीतकार तथा साहित्यकार टीका भट्टराई नेपालको भर्खरै सार्वजनिक भएको गीतसङ्ग्रह ‘मुच्र्छना’माथि विमर्श गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा संघकै सभाकक्षामा एक कार्यक्रमको आयोजना गरी उक्त संग्रहमाथि विचार विमर्श गरिएको हो ।

गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षता एवं सम्मानित गीतकार विश्व वल्लभको प्रमुख आतिथ्यतामा उक्त विचार विमर्श कार्यक्रम भएको हो । कार्यक्रमको विशेष आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य चेतन सापकोटाको उपस्थित रहेको थियो ।

Geetkar Sangh Nepal_Basanta Bityasi (1).jpg

कार्यक्रममा स्रष्टाको परिचय कृष्ण सुवेदी ‘निराकर’ले गरेका थिए भने गीतसंग्रहमाथि गीतकार प्रमोद ढुंगाना र सन्तोष श्रेष्ठले विमर्श गरेका थिए । स्रष्टाको सिर्जना अब्बल भएको र विभिन्न कालखण्डमा रचिएका सिर्जनाले समयवोध गराएको बताएका थिए । माया र प्रेम, माटो र मुटु एवं प्रकृति अनुसार समयसान्दर्भिक रचना पस्किन सफल भएकोमा गीतकार भट्टराईलाई आगामी दिन पनि सशक्त रुपमा अगाडी बढ्ने प्रेरित गरेका थिए ।

गीतकार टीका भट्टराई विमर्श कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै आफ्नो लेखन समयको मन्तव्य राखेकी थिइन् । कार्यक्रमको संचालन संघका उपाध्यक्ष रमेश कोइरालाले गरेका थिए । 

Basanta Bityasi.jpg

कार्यक्रममा गीतकार गंगाराज मुकारुङ, रबिन्द्र आशिष शैली, भरत बम्जन, राम भट्टराई, नारायण कुमार आचार्य, तारा अधिकारी, गोविन्द शृङ्खला, डा. ॐ कृष्ण प्रसाईं, सङ्गीतकार अष्ट लामा, ज्योति प्रकाश, झलक संग्रौला, गणेश पराजुली, कलाकार उत्तम के. सी., ताराबीर पाण्डे लगायत गीत सङ्गीत साहित्य एवं पत्रकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।