अभिनेता राजबल्लभ बल्ल आए नेपाल, १० बर्षपछि अभिनयमा फर्कदै

...

जेठ, काठमाडौं । अभिनेता राज बल्लभ कोइराला अभिनयमा फर्कने भएका छन् । पछिल्लो समय अमेरिका बस्दै आएका कोइराला १० बर्षपछि चलचित्रमा काम गर्ने भएका हुन् । उनी गएको आइतबार नेपाल आइसकेका छन् । 
सन् २००७ मा चलचित्र पर्खि बसेँबाट अभिनयको सुरुआत गरेका अभिनेता कोइरालाले चलचित्र ‘एक्टर’बाट कमब्याक गर्न लागेका हुन् ।

यो चलचित्रमा अभिनय गर्न उनी गएको आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई चलचित्रका निर्देशक राजन भुषाल र निर्माता थमनकुमार भण्डारीसहितले स्वागत गरेका छन् । राजबल्लभले चलचित्रका अभिनेता प्रदीप खड्का र अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझीसँग पनि भेट गरिसकेका छन् । दीलीपकी छोरी दिव्याको भने अमेरिकामा बस्दा राजबल्लभसँग भेट भईसकेको छ । प्रदीप र आनाको भने राजबल्लभसँग पहिलो भेट हो । 

गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६  जस्ता दजनौ चलचीत्रमा अभीनय गरेका छन् । उनले सात वर्षमा २७ चलचित्रमा अभिनय गरेका थिए । पोखराबाट रेडियोमा आरजे हुँदै म्युजिक भिडियो र २ दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरेका राजबल्लभ परिवारसहित अमेरिकामा वस्दै आएका छन् । कुनै बेला रोमान्टिक हिरोको छवि बनाएका उनलाई चलचित्रको मोहले छाड्न सकेको रहेनछ । त्यसैले उनी १० बर्षपछि फेरी चलचित्रमा अभिनय गर्न थालेका छन् । 

आरजे हुँदै चलचित्र ‘पर्खि बसें’बाट उनको डेब्यु भएको थियो । पहिलो फिल्म नै सफल हुँदा उनले करिअर फर्केर हेर्नुपरेन । ‘हाइवे टु धम्पुस’बाट उनले हलिउडमा समेत डेब्यु गरेका थिए । यही चलचित्रको छायांकनका लागि २०७१ सालमा अमेरिका गएपछि उनले अभिनयलाई निरन्तरता दिन सकेका थिएनन् । नेपाली चलचित्रमा भने उनी पछिल्लोपटक ‘हे युवा’ मा २०१५ मा देखिएका थिए । यसपालिको तिहार लक्ष्मीपूजा देखि प्रदर्शनमा आउन लागेको यो चलचित्रको पहिलो चरणको छायांकन पोखरामा भइसकेको छ । चलचित्रमा दिव्यदेव, सुशील सिटौला लगायतको पनि अभिनय रहनेछ ।