जापान पुगेका कलाकारहरुले पनि मनाए होली

...

चैत, काठमाडौं । नेपालमा तराई र पहाडि क्षेत्रमा दुईदिन सम्म होली मनाइयो । रंगीन हुँदै रमाइलो गर्दै मनाइएको होली नेपालमा आएका पर्यटकहरु पनि मज्जैले नाँचे । साथै नेपालबाट बाहिर रहेका कलाकारहरुले पनि प्रवासमै रहेर होली मनाएका छन् ।
singer shanti shree pariyar in japan - holi bises 3जापानमा गएका एक कलाकारहरु टिमले पनि जापानमै होली मनाएको छ । गायिका सान्ति श्री परियारको टिमले जापानको टोकियो सिनओकोबुमा होली मनाएको हो । तिन महिनाको लागी टोकियो शहरमा गएको कलाकारको टोलीले रंगीन रंगसँगै नेपाली पन झल्किने गरी होली मनाएको हो । कलाकारहरु राजधानी टोकियोमा रहेको नेपाली रोधीघर टोकियो रोधीघरको उद्घाटनका लागी त्यहाँ पुगेका हुन् ।

singer shanti shree pariyar in japan - holi bises 3गायिका सान्तिश्री परियारले आर्टिस्ट खबरसँग टेलिफोनमा कुरागर्दै नेपाली पन झल्किने गरी होली खेलेको बताइन् । गएका बर्षहरुमा साथीभाईहरुसँग नेपालमै होली खेलिएको थियो अहिले जापानमा रहनु भएका दाजुभाई तथा दिदिबहिनीहरुसँग होली खेल्न पाइयो खुसी लागेको छ, सान्तिश्रीले भनिन् ।
singer shanti shree pariyar in japan - holi bises 3गायिका सान्तिश्रीको साथमा लोक दोहोरी गायक सन्जय गुरुंग, आधुनिक गायक तथा संगीतकार देवराज आले मगर, नवगायिका तथा नृत्यांगना सलिना नेपाली र लोकगायिका शिला गूरुंग रहेका छन् । कलाकारहरु अब करिब १ महिनाको बसाईपछि नेपाल फर्कदैछन् ।