नयाँ चलचित्र ‘बन्दी’ निर्माणको घोषणा

...

असार, काठमाडौँ । नयाँ चलचित्र ‘बन्दी’ निर्माणको घोषणा गरिएको छ । चलचित्र निर्माता निर्माता सुशील पोखरेलले यो चलचित्रलाई निर्माण गर्ने घोषणा गरेका हुन् । सुशीलले पछिल्लो चलचित्र  ‘राधे’ निर्माण गरेका थिए । 

चलचित्रमा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने बताइएको छ । निर्माण पक्षका अनुसार हाल चलचित्रका कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गरिनेछ । निर्माता सुशीलले सामाजिक सञ्जालबाट चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

चलचित्रको कथा सुशील देवकोटाले लेखिरहेका छन् । सुशीलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका फिल्म निर्माण गरिसकेका छन् ।