‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ हुने

...

असार, काठमाडौँ । चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा हुने फेष्टिभल नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको हो ।

फेष्टिभलमा बिसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागीता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कलासंस्कृतिसँग
नजिक रहेका फिल्म फेष्टिभलको विशेष प्रथामिकतामा पर्नेछ । फेष्टिभलमा सहभागीता हुन चाँहने फिल्मले यहि असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् ।

बिभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको समेत सहभागीता रहने फेष्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका बिभिन्न कार्यक्रम समेत आयोजना हुने फेष्टिभलको तयारी समेत सुरु भएको निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले बताए । 

‘यो फेष्टिभल यसबर्ष कोशी प्रदेश विराटनगरमा आयोजना हुने भएपनि आगामी बर्षहरुमा हामीले देशभर लैजाने योजना बनाएका छौ’, पराजुलीले भने, ‘फेष्टिभलले चलचित्र संस्कृतिको विकास गर्दै चलचित्र निर्माण र प्रदर्शनमा पनि सहयोग गर्नेछ ।’ फेष्टिभल भब्य र सब्य बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने पराजुलीको धारणा रहेको छ । 

चलचित्र बिकास बोर्डको सहकार्य रहेको फेष्टिभलमा किबडम इन्टरनेशनल र डब्लुसिसिएन सहयोगी संस्थाको रुपमा जोडिएका छन् । फेष्टिभलमा सहभागीताका लागि फर्म निर्देशक समाजको कार्यालय अनामनगरबाट उपलब्ध हुनेछ ।