गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले दुबईमा पुगेर गरे इन्गेजमेन्ट

...

असार, काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । ‘तिमी नाँच फिरीरी’, ‘लजावती झार’ लगायतका थुप्रै हिट गीतका गायक महेश काफ्ले र ‘कोहोला त्यो’, ‘टाढा भएपनि’, ‘फुलै फूल दिन्छौं कि’, ‘तिम्रो मायाले बाँधेर राख’ लगायतका दर्जनौं हितगीतकी गायिका अस्मिता अधिकारीले दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । यो खबर गायक महेश काफ्ले आफैले जानकारी दिएका छन् । 

यो जोडी पछिल्लो केहिबर्ष यता प्रेममा थियो । दुबैको प्रेमको चर्चा भित्र भित्रै हुन्थ्यो तर एक आपसमा यी दुईले आफ्नो प्रेम छ भनेर खुलासा गरेका थिएनन् । अन्ततः दुबईको कार्यक्रममा सँगै पुगेका अस्मिता र महेशले विश्वकै अग्लो टावर बुर्ज खलिफाको आडमा बसेर औठी साटेका हुन् । महेशले सार्वजनिक गरेका तस्बिरमा अस्मितालाई औठी लगाइदिएका छन् । साथै फुलको बुक्के दिएका छन् ।

448641115_7661675347256940_7328880298851630810_n.jpg 

उनीहरु गएको आइतबार दुबईको बर दुबईमा आयोजीत इद सेलिब्रेसन कार्यक्रममा प्रस्तुती दिनका लागी पुगेका थिए । सोहि क्रममा उनीहरुले आफ्नो प्रेमलाई अब बिवाहमा परिणत गर्ने निर्णय गरेका हुन् । महेशले फेसबुकमा चार वटा तस्बिर राख्दै लेखेका छन्, सहयात्राको सुरुवात, वि आर इन्गेज । अस्मिता र महेश नेपाली सांगीतीक क्षेत्रमा रुचाइएका गायिका र गायक हुन् ।