छोराको जन्मदिनमा राजेशपायलले गरे गीत उपहार

...

असार, काठमाडौँ । गायक राजेशपायल राईले आफ्नो छोराको जन्मदिन बिशेष बनाइदिएका छन् । उनले छोराका लागी शब्द खर्चिएर एक गीत सार्वजनिक गर्दै जन्मदिन बिशेष बनाइदिएका हुन् । राजेशको छोरा सायारेमलाई भिडिओमा देखाएका छन् तर पुर्वश्रीमतीलाई उनले भिडिओमा अटाएका छैनन् । यस्तै सम्बन्ध बिच्छेद गरेपनि पुर्व श्रीमती साम्बुङले पनि राजेशप्रति माया देखाएकी छिन् । उनले लामो स्टाटस लेखेकी छिन् । 

सार्वजनिक गीतमा राजेशपायलकै रचना, संगीत र स्वर रहेको छ । गीतको भिडिओमा छोराका तस्बिर र भिडिओ प्रयोग गरेका छन् । परिवारका अन्य सदस्यहरुको तस्वीर पनि राखेका छन् भने  उनले आफ्नी पुर्वश्रीमती साङबुङको फोटो भने अटाएका छैनन् । तर साङबुङले पनि श्रीमान्को यो गीत  आफ्नो वालमा शेयर गरेकी छन्  ।

छोरालाई जन्मदिनमा बुबा र आमा दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिएका छन् । यता साङवुङको शुभकामना पोस्ट भने अलि विशेष छ । डिभोर्सपछि पनि राजेशपायल प्रति उनको माया र सम्मान उतीकै रहेको पोस्टबाट झल्किन्छ । उनले राजेशपायलसँगको तस्विर राख्दै भिडिओ बनाएर छोरालाई शुभकामना दिएकी छीन् ।

उक्त पोस्टमा साङबुङले लेखेकी छन्, ‘बुबाआमा भइसकेपछि हामीले महसुस गर्यौं कि हाम्रो लागि हाम्रो बच्चाले मात्रै मतलब राख्छ । हामी आफ्नो बच्चाको लागि जे पनि गर्न तयार छौं ।’…. .. उनले राई इज किङ ह्यासट्याग पनि प्रयोग गरेकी छन् । राजेपायलले गाएको ‘सागरसरी चोखो माया’ बोलको गीतमा उनले  जन्मदिनको भिडियो बनाएर पोष्ट गरेकी छिन् ।

गायक राजेशपायल राई र साम्बुङको विवाह भएको कुरा गुपचुप नै थियो । तर केहि समयअगाडि उनको वैवाहिक जीवन छोटो समयमै दुर्घटित भयो । र यहि वखत नै उनको विवाह भईसकेको र एक छोरा समेत रहेको कुरा पनि सार्वजनिक भएको थीयो । पूर्वपत्नीलाई डिभोर्स दिने क्रममा राजेशपायलले महंगो सम्झौता गरेका थिए । उनले श्रीमतीलाई एक घर, केही रकम र छोराको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने सम्झौता भएको छ । 

राजेशपायल र उनकी पूर्वपत्नी साङबुङ राईबाट एक सन्तानका रूपमा छारा सायारेम छन्, जो आज दुई वर्ष पूरा भए । बुबाआमाको डिभोर्सपछि सायरेम आमासँग बस्छन् । 
राजेश पायल राई निकै लोकप्रीय गायक हुन् । उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन् । उनले विश्वमै ५ घण्टामा ९ वटा गीत रेकर्ड गर्ने पहिलो गायकको रुपमा प्रख्यात पनि छन् । रेडियो नेपालबाट आफ्नो साँगीतीक यात्रा सुरु गरेका उनलाई चर्चित बनाउन सफल गित ‘फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु’ जस्ता गीतहरु रहेका छन्। । उनले विभिन्न चलचित्रहरु ‘दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराज’ लगायतका चलचीत्रहरुमा अभिनय समेत गरिसकेका छन्।