‘फेस अफ नेपाल’को काठमाडौँ अडिसन असार २४ गते

...

असार, काठमाडौँ । मोडल हन्ट ‘फेस अफ नेपाल’को काठमाडौंको अडिसन यहि असारको अन्तिम सातामा हुने भएको छ । देशैभरीका बिभिन्न शहरमा अडिसन हुँदैगर्दा काठमाडौंमा यहि असार २४ गते अडिसन हुने आयोजक एमएस प्रोडक्सन नेपालले जनाएको छ ।  ‘फेस अफ नेपाल सन् २०१६ देखि नेपालमा हुँदै आएको छ । यसबर्षदेखी आयोजक परिवर्तन भएको हो ।

आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो मोडल हन्ट प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन् । प्रबन्ध निर्देशक माझीका अनुसार यो प्रतियोगितामा १८ देखि माथिका पुरुष तथा महिला सहभागि हुन सक्नेछन् । यस्तै उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने छन् ।

आवेदन फारम खल्ती एप तथा अनलाइनबाट आवेदन दिनको लागी प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने छ ।

नेपालको सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ । असार २४ २०८१ इन्द्रेणी स्विट्स होटल बानेश्वर अडिसनमा हुँदै छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने काठमाडौँमा गरिनेछ । 

छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ। सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्याङ्कन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन्।

फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ।