आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुने

...

असार, काठमाडौँ । चलचित्र ‘वर एण्ड बधु’आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर चलचित्रको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ ।  चलचित्रमा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो चलचित्रमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
चलचित्रमा जानुका थापाको लगानी छ भने अमित रिजाल चलचित्रका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ । चलचित्र ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ ।

तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो । चलचित्रको हाल प्रोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।