चलचित्र ‘माइली’को एकसाथ दुई गीत रेकर्ड

...

असार, काठमाडौँ । नयाँ चलचित्र ‘माइली’को बिहीबार एकसाथ दुई गीत रेकर्ड गरिएको छ । काठमाडौंको अनामनगरस्थित २१ स्टुडियोमा ‘न त दिनले साथ दियो, न त दियो रातले’ र ‘खोली सलल छमछमी नाँचेपछि मनै झलल’बोलका गीत रेकर्ड गरिएको हो । चलचित्र रुना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदैछ भने चलचित्रमा बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहनेछ । 

रेकर्ड गरिएको गीत  ‘न त दिनले साथ दियो, न त दियो रातले’मा अस्मिता अधिकारीको स्वर र ‘खोली सलल, छमछमी नाँचेपछि मनै झलल’ मा शान्ति श्री परियार र विन्दु परियारको स्वर छ । दुवै गीतमा शंकर अधिकारी ‘घायल’को शब्द र राजेन्द्र बजगाइँको संगीत छ ।

यो चलचित्रमा नायिका प्रियंका कार्की अनुबन्धित भइसकेकी छन् । निर्देशक बलामीले सत्यघटनामा आधारित फिल्ममा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए । चलचित्रमा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ ।