पहिलो पटक युरोपका बिभिन्न देशमा प्रस्तुती दिँदै धुर्मुस् सुन्तली

...

असार, काठमाडौँ । कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलोपटक युरोपका बिभिन्न देशमा प्रस्तुती दिने भएका छन् । आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका अन्य देशमा पुगेपनि उनीहरु युरोपका देशमा पुगेका थिएनन् । उनीहरुले पहिलोपटक युरोपका झण्डै दर्जन बढी देशहरुमा रहेका नेपाली दर्शकलाई हँसाउँने भएका हुन् ।

धुर्मुस् सुन्तली साँझ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुती जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ । यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ । यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरुमा कार्यक्रममा आयोजना गरिएको जानकारी दिइएको छ । धुर्मुस् सुन्तलीको साथमा गायक बिष्णु खत्री, तुल्सि सिवाकोटी को पनि प्रस्तुती रहनेछ ।

कलाकार धुर्मुस् सुन्तली पहिलोपटक युरोपको कार्यक्रममा निस्किने तयारीमा छन् । उनीहरुले बिदेशको कार्यक्रम नै ५ बर्षपछि गर्दैछन् । उनीहरु पछिल्लो पटक बि.स. २०७५ को अन्तिममा दुबईको एक कार्यक्रममा पुगेका थिए । ‘अहिले युरोपमा रहनुभएका नेपालीहरुलाई भेट्न पाउँदा खुसी लागेको छ । धेरैपछि बिदेशी भूमिमा रहेर बिभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुती देखाउन तयारी गर्न पाउँदा निकै खुसी लागेको छ । आयोजक टिमलाई बिशेष धन्यवाद दिन्छौं ।’ कलाकार धुर्मुसले आर्टिष्ट खबरसँग कुरागर्दै भने । यस्तै उनले आगामी दिनमा अन्य देशहरुमा पनि कुरा भइरहेको र अब निरन्तर कलाकारितामै सक्रिए रहने जानकारी दिए ।