वर्षा सिवाकोटी र अमर प्रतापको यो रोमान्टिक भिडिओ हेर्न छुटाउनु भयो कि ? (रिपोर्ट)

...

साउन, काठमाडौं । नायिका वर्षा सिवोकोटी नव नायक अमर प्रताप श्रेष्ठसँग निकै रोमान्टिक मुडमा छिन् । यो जोडी मायाको नशा डुबेको छ । हामी यहाँ चलचित्र ‘मोदीबेनी’मा समावेश मन्जुरी बोलको गीत को कुरा गर्दैछौं । चलचित्रका मुख्य कलाकार बर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठको रोमान्टिक दृश्य गीतको भिडिओमा देखाइएको छ । 

चलचित्र मोदी बेनी यहि आउँदो साउन १८ गतेबाट रिलिजमा आउने तयारीमा छ । ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक यो गीत चलचित्रमा समावेश पहिलो गीत हो । गीतमा एसडी योगी र विज्ञान पराजुलीको स्वर रहेको छ भने सङ्गीत एसडीले नै गरेका छन् । यस्तै राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन् । भिडिओमा भने किरण थापाले कोरियोग्राफी गरेका हुन् । गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन् ।  

हामी यहाँ गीत रिलिज कार्यक्रमका केहि झलक पनि देखाउँदैछौं । साथै चलचित्रका कलाकारहरुले सामाजिक सन्जालमा लाइभ मार्फत दर्शकको प्रतिक्रिया लिएका छन् । त्यो भिडिओपनि हेर्न सक्नुहुनेछ ।  

Video Report: