फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित

...

असार काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने फिल्ममा कुसुमले अभिनय गर्न लागेकी हुन् । मोडल कुसुम गायक प्रकाश सपुतको गीत ुसकम्बरीुबाट चर्चामा आएकी हुन् ।

फिल्म युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा उनलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
कुसुमको अनुबन्धसँगै फिल्मका लागि कलाकारको लाइनअप पुरा भएको छ । यसअघि फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन अनुबन्धित भइसकेका छन् ।

Kusum Sharma.jpeg

निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ रु उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ रु यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्बाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।