नौ जना कलाकर्मीले पाए ‘छिन्नलता’ पुरस्कार

...

साउन, काठमाडौँ । छिन्नलता पुरस्कार प्रदान गरिएको छ । नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गरेका विभिन्न नौ जना व्यक्तिलाई राजधानीमा आयोजीत एक समारोहका बिच छिन्नलता पुरस्कार प्रदान गरियो । 

menuka-poudel.jpg
२०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेलले पाएका छन् ।
२०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिला सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार पाएका छन् । छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही रु एक लाखको छ भने युवा पुरस्कार रु ५० हजारको छ ।

shiva-pariyar.webp

गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०२औँ जन्मजयन्तीका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७९ र २०८० सालका पुरस्कार प्रदान गरेका हुन् ।