डा. भोला रिजालको भुकम्प गित ‘किन यति निर्दयी आज’

...

जेठ, काठमाडौं । बैशाख १२ गते गएको शक्तिशाली भूकम्प पछि नेपालको वर्तमान दर्दनाक परिस्थितिलाई लिएर विभिन्न सर्जकले म्युजिक भिडियो निर्माण गरिरहेका बेला अष्ट्रेलियामा बस्दै आएकी आकृति आचार्यले पनि भूकम्पले पुर्याएको क्षतिलाई लिएर एउटा म्यूजिक भिडियो तयार पार्नुभएको छ ।

bhukampa song - nepal

शिखर सन्तोषको संगीत रहेको ‘किन यति निर्दयी’ बोलको गीतमा आकृति स्वयम्ले स्वर दिनुभएको छ । गीतमा शब्द डा.भोला रिजाल, राजेन्द्र थापा र मनोज लामिछानेको शब्द छ । थ्री क्याप्स टिमको निर्देशन रहेको उक्त भिडियोलाई ग्यानन श्रेष्ठ र सुरेश श्रेष्ठले खिच्नुभएको हो । भिडियोमा भूकम्प आउँदाको डरलाग्दा स्थिति, भत्किएका विभिन्न संरचना अनि कलाकर्मी , पत्रकार अनी समाजसेवी फिचरिङ छन् । भिडियोका सम्पादक टेकेन्द्र शाह हुनुहुन्छ । भने गीतलाइ एरेन्ज सत्याम नेपालले गर्नुभएको हो ।