‘भद्रगोल’मा लामोसमय नदेखिएका बेलासे युरोप टुरबाट फर्कदैं

...

चैत, काठमाडौं । पछिल्लो समयको लोकप्रिय हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’का कलाकारहरु यतिखेर देश बिदेशको कार्यक्रममा व्यस्त देखिन्छन् । भद्रगोलमा अधिकांश कलाकारहरु थेगोकै कारण चर्चित छन् । अहिलेसम्म नेपालमा आएका हाँस्य टेलिश्रृंखला मध्ये धेरै कलाकारहरुको फरक फरक थेगो भएको हाँस्य टेलिश्रृंखलामा भद्रगोल पर्दछ ।
subhas karki - belase bhadragolकेहिसमय अघिदेखी पुनः प्रासारणमा आएको ‘भद्रगोल’मा कलाकार सुवास कार्की (बेलासे) देखिएका छैनन् । ‘भद्रगोल’का निर्माता समेत रहेका बेलासे यतिखेर युरोप टुरमा व्यस्त छन् । उनी एक सफल व्यवसायी पनि हुन् । उनी आफ्नो व्यवसायकै सिलसिलामा यतिखेर युरोप टुरमा व्यस्त छन् । त्यसैकारण पनि ‘भद्रगोल’मा उनी देखिएका छैनन् ।

आठ महिना अघि युरोप टुरमा निस्केका सुवास नर्वे, स्विडेन, डेनमार्क, युके लगायतका देशमा आफ्नो व्यवसायको सिलसिलामा व्यस्त छन् । कलाकार सुवास युकेमा रहेका आफ्नो परिवारसँगको भेटघाटमा पनि व्यस्त छन् ।

सुवास यहि अप्रिल ४ मा नेपाल आउँदैछन् । अब आगामि भागबाट भद्रगोलमा सुवासलाई पनि देख्न पाइनेछ ।

bhadragol's producer and artist subhas karki belase