रेखा थापाको एक्सनको कारण ‘रामप्यारी’ हेर्न बालबालिकाको साथमा अभिभावक चाहिने

...

चैत, काठमाडौं । यहि आउँदो चैत २६ गतेबाट प्रदर्शनमा आउन लागेको रेखा थापाको फिल्म ‘रामप्यारी’ ले ‘पिजि’ सर्टिफिकेट पाएको छ । यसका साथै आफ्नो फिल्म सेन्सर पास भएसँग रेखा थापाले खुसी व्यक्त गरेकी छिन् । सेन्सर बोर्डले रामप्यारीले ‘पिजि’ सर्टिफिकेट दिँदै फिल्ममा रेखा थापाको एक्सनलाई बालबालिकाहरुले एक्ले हेर्न नसक्ने भन्दै अभिभावक चाहिने बताएको छ । बोर्डले बालबालिकाहरुको साथमा अभिभावक हुनुपर्ने बताएको छ ।

rampyari nepali movieअभिनेत्री रेखा थापाले रामप्यारी सेन्सर पास भएकोमा खुसी भएको प्रतिक्रिया दिएकी छिन् । यभन्दा अघि पनि रेखाका काली र हिम्मतवाली सफल फिल्म हुन् । ‘राम प्यारी’ मा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको मुख्य भूमिका रहेको छ । जगदिश्वर थापाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन अनि रामजी लामिछानको कोरियोग्राफी रहेको छ ।

rekha thapa's ram pyari movie

First look of ram prayi movie