अस्मी श्रेष्ठले जितिन् ‘मिस नेपाल २०१६’ को उपाधि

...

चैत, काठमाडौँ । ‘मिस नेपाल २०१६’ को उपाधि अस्मी श्रेष्ठले हात पारेकी छन् । शुक्रबार काठमाडौँको दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ‘मिस नेपाल २०१६’ को अन्तिम प्रतिश्पर्धामा १९ जना युवतीहरुलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन् ।

Ashmi-Shrestha-Miss-Nepal-2016हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकीमा उनलाई अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइन्। कार्यक्रममा मिस नेपाल अर्थको उपाधि रोशनी खत्रीले हात पारिन् भने मेधा लेखीले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पार्न सफल बनेकी हुन् ।

त्यस्तै प्रतिष्पर्धामा मिस ट्यालेन्टको उपाधि श्रीजना रेग्मीलाई, मिस कन्फिडेन्ट र मिस पर्सनालिटीको उपाधि रोशनी खत्रीलाई प्रदान गरिएको छ । यो वर्ष फ्यान्टाले मिस नेपालको प्रायोजन गरेको थियो ।

Ashmi-Shrestha-249x300 को हुन् अश्मी ?
५ फिट ७ इन्च अग्ली अश्मी बानेश्वर, काठमाडौंकी हुन् । तर उनि गृहजिल्ला चितवनको रिप्रिजेन्टको रुपमा मिस नेपाल २०१६ मा भाग लिएकी हुन् । बिबिए अध्ययनरत श्रेष्ठको संगीतमा रुची छ । उनि भविष्यमा सफल उद्यमी बन्न चाहन्छिन् । २२ वर्ष उमेर टेकेकी उनि विगत ६ वर्षदेखि मोडलिङमा सक्रिय छिन् ।

छ वर्ष लामो मोडलिङको अनुभव बटुलेकी उनले आजको ताज उचालेर आफ्नो महत्वपूर्ण इतिहाँस बनाउन सफल बनेकी छिन् । ‘मिस नेपाल बन्नु उनको लागि एउटा माइलस्टोन थियो, जो पूरा भएको छ ।