करिश्मा ‘हिंसा नियन्त्रण गर’ भन्दै सडकमा

...

चैत २८, काठमाडौं । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिको यतिखेर चर्चा चलिरहेको छ । नयाँ शक्तिमा बिभिन्न कलाकारहरु पनि सक्रिए देखिएका छन् ।
Karishma-manandharkarishma-at-mahila-hinsaकेहि महिना अगाडी एक कार्यक्रममा नायिका करिश्मा मानन्धर, नायक सरोज खनाल र कलाकार अशोक शर्माले औपचारिक रुपमै नयाँ शक्ति अभियानमा सहभागीता जनाएका थिए ।

नयाँ शक्ति अभियानको महत्वपुर्ण जिम्मेवारी पदमा रहेकी नायिका करिश्मा मानन्धर आइतबार भूकम्प पीडितहरुको मुद्दा सम्बोधन गर्न तथा महंगी र कालोबजारी नियन्त्रण गर्न माग गर्दै दुई घण्टा भद्रकालीमा धर्ना कार्यक्रममा सहभागि दिइन् ।

त्यस कार्यक्रममा पनि करिश्मा ‘महिला हिंसा नियन्त्रण गर’ लेखिएको प्लेकार्ड बोकेर सडकमा उत्रिएकी थिइन ।