मुना थापा सहितको कलाकारको जम्बोटोली सल्यान जाँदै

...

बैशाख, काठमाडौं । बैशाख ४ गते शनिबारको दिन सल्यानमा हुने एक सांस्कृतिक कार्यक्रममा लोक गायिका मुना थापा सहितको जम्बो टोली त्यसतर्फ जाँदै छ । रेडियो कपुरकोट सल्यानले आफ्नो छैठौँ वार्षिक उत्सवको अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । सोहि अवसरमा काठमाडौंबाट चर्चित कलाकारहरुको टोली सल्यानबासीलाई नचाँउनका लागी त्यसतर्फ जानेभएका हुन् ।

muna thapa magarबिगतका बर्षहरुमा झैं रेडियो कपुरकोटले यस वर्ष चर्चित लोकगायिका मुना थापामगर, मोडल तथा गायक दुर्गेश थापा, ¥यापर बादल थापा, मोडल लक्ष्मी बोहरा, लोकदोहोरी गायक प्रेमविवश घर्ती, लगायत स्थानिय कलाकार गरी एक दर्जन कलाकारहरुले सल्यानबासीलाई मनारेञ्जन दिनेछन् ।