१३ चलचित्रकर्मिलाई ‘विशिष्ट चलचित्रकर्मी’ परिचयपत्र वितरण

...

बैशाख, काठमाडौं । चलचित्र क्षेत्रमा लामो समय बिताएका कलाकारहरुलाई विशिष्ट चलचित्रकर्मी’ परिचयपत्र वितरण गरीएको छ । केहि समय अघि देखी चलचित्रकर्मिहरुलाई परिचयपत्र दिने भन्ने कुरा चर्चा चलिरहँदा आजबाट यो कार्य सुरु भएको हो ।
film-development-board nepalआज बितरण गरीएको परिचय पत्र बिशिष्ट श्रेष्णी को हो । अब नेपाल सरकारले चलचित्रकर्मीलाई ३ थरीको परिचय पत्र दिने छ । जसमा ‘विशिष्ट परिचयपत्र’, ‘वरिष्ठ परिचय पत्र’ र ‘चलचित्रकर्मी परिचय पत्र’ रहनेछन् । विशिष्टको रंग रातो, वरिष्ठको रंग निलो र सामान्य चलचित्रकर्मी परिचय पत्रको रंग हरियो रहनेछ ।

आज वितरण गरिएको ‘विशिष्ट श्रेणी’को परिचय पत्र पाउनेमाहरुमा यादव खरेल, उद्धव पौडेल, नीर शाह, बसुन्धरा भुषाल, लक्ष्मीनाथ शर्मा, भूवन थापा चन्द, सुभद्रा अधिकारी, किरण खरेल, मञ्जु कुमार श्रेष्ठ, हरिप्रसाद रिमाल, चेतन कार्की, शकुन्तला शर्मा गुरुङ र गृहन्द्र धिमाल छन् ।

विशिष्ट श्रेणीको परिचयपत्र नविकरण गर्नुनपर्ने, वरिष्ठ श्रेणीको परिचय पत्रलाई ५/५ बर्षमा नविकरण गर्नुपर्ने छ । सूचना तथा संचारमन्त्री शेरधन राइले परिचय पत्र चलचित्रकर्मीलाई हस्तान्तरण गरेका थिए ।