‘हाउफन्नी’ प्रिमियर, देखिएनन् दयाहांङ र केकी

...

बैशाख, काठमाडौं । नेपाली फिल्म ‘हाउ फन्नी’ टिमले प्रदर्शनको दुई दिन अगावै फिल्मकोप्रिमियर गरेको छ । फिल्म टिमले बुधबार कुमारी हलमा फिल्मको प्रिमियर गरेको हो ।


प्रिमियर मा चलचित्रकर्मि , पत्रकार तथा सिनेमा हलसँग सम्बन्धित केहि मानिसहरुको उपस्थिती देखिन्थ्यो । प्रिमियरमा देखिएका नायिकाहरुको पहिरनले पनि सबैको ध्यान केन्द्रित गरेको पाइन्थ्यो । फिल्मकी नायिका प्रियंका कार्कीको पहिरन अन्य नायिकाहरुको भन्दा पृथक देखिन्थ्यो र धेरैको ध्यानपनि प्रियंका तिर केन्द्रित थियो ।
aryan sigdel and priyanka karkiहाउ फन्नीकी मुख्य अभिनेत्री प्रियंकार्की प्रिमियरमा बिशेष थिइन् किनकी फिल्मकी अर्कि नायिका केकी अधिकारी र नायक दयाहांङ राई बिदेशमा भएको कारण प्रिमियरमा उपस्थित थिएनन् ।

प्रिमियरमा निर्देशक निलु डोल्मा शेर्पा, नायक आर्यन सिग्देल, सुरजसिंह ठकुरी, अनुपविक्रम शाहीm नायिका ऋचा शर्मा, निशा अधिकारी, मोडल तथा भिजे सहाना बज्रचार्य, दिपकराज र दीपाश्रीको जोडी , कलाकार विजय बराल, कोरियोग्राफर रेनशा वान्तवा राई लगायतका कलाकारहरु उपस्थित थिए । कार्यकारी निर्मात्री माल्भिका सुब्बा ‘प्रेग्नेन्सी’ का कारण प्रिमियरमा सहभागी हुन सकिनन् ।

priyanka kari how funny

साथै प्रिमियरमा वरिष्ठ फिल्मकर्मी निर शाह, निर्देशकहरु सुदर्शन थापा, दिनेश राउत लगायत सहभागी थिए । फिल्म भोली शुक्रबार (बैशाख १०) गतेबाट प्रदर्शनमा आउँदैछ ।