पूर्वमिस नेपाल माल्भिका सुब्बा बनिन् छोराको आमा

...

बैशाख, काठमाडौँ । पूर्वमिस नेपाल माल्भिका सुब्बाले छोरालाई जन्म दिएकी छिन् । उनले आफू आमा बनेको ११ दिनपछि मात्र सुचना सार्वजनिक गरेकी हुन् ।

उनले बैशाख २ गते छोरालाई जन्मदिएकी थिइन् । आफू आमा बन्न लागेको सुचना पनि सुब्बाले इस्टाग्रामबाट सार्वजनिक गरेकी थिइन् । त्यसपश्चात सामाजिक सञ्जालमा उनका तस्बिर छरिएका थिए । साथै उनी गर्भवती रहँदा उनका समाचार पनि मिडियाहरुमा आईरहेका थिए ।
Malvika-Subba-px_168648134पछिल्लो केहि समय सामाजिक सञ्जालमा नदेखिएकी सुब्बाले सोमबार फेसबुक मार्फत पुत्र लाभ भएको सार्वजनिक गरेकी हुन् । सुब्बाले वैवाहिक सम्बन्धमा बाँधिएको चार वर्ष पुगेकै दिन पुत्र लाभ भएको कुरा सार्वजनिक गरेकी हुन् ।

सुब्बाले फेसबुक पेजमा लेखेकी छन्, ‘चार बर्षको वैवाहिक सम्बन्ध बाँधिएको दिनमा सुखद समाचार दिन पाउँदा खुशी छौँ। यही बैसाख २ गते, अप्रिल १४ तारिक हामिलाई पुत्र लाभ भएको छ ।’