बैशाख, काठमाडौं । बलिउडका चर्चित दुई नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका अरोरा खान नेपाल आउने भएका छन् । आउँदो मे १४ मा काठमाडौंमा हुने एक बिशेष कार्यक्रममा हभागि उनका लागी उनीहरु नेपाल आउन लागेका हुन् । कार्यक्रम सैनिक श्रीमति संघको आयोजनामा काठमाडौको टुँडीखेलमामा हुनेछ ।
कार्यक्रममा सोनाक्षी र मलाइकाले हिन्दी गीतमा नृत्य गर्ने बुझिएको छ । साथै कार्यक्रममा नेपालका तर्फबाट नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा,निशा अधिकारी , सुष्मा कार्की, , मोडल सहाना बज्राचार्य र गायिका इन्दिरा जोशीको पनि प्रस्तुति रहने छ ।
एक महिना अघि मात्रै बलिउडका चर्चित र्यापर आदित्य प्रतिक सिंह ‘बादशाह’ले काठमाडौको सानो गौचरनमा कन्सर्ट गरेका थिए ।