दर्जनौं फिल्मको अफर आउँदा पनि किन खेल्दिनन् स्वेता ?

...

बैशाख, काठमाडौं । नायिका स्वेता खड्कालाई पछिल्लो समय दर्जनौं फिल्महरुको अफर आइरहेका छन् । तर नायिका स्वेता भने यो बर्ष फिल्म नखेल्ने सोंचमा छिन् । फिल्म क्षेत्रमै फर्किन्छु भन्ने स्वेता किन अझै पनि फिल्म खेलेकी छैनिन् भन्ने आम दर्शकको कौतुहोल्ता रहेको छ ।
swoyeta khadkaपछिल्लो समय आफुलाई खुसी बनाउँदै आएकी स्वेताले यो बर्ष फिल्म नखेल्ने र अर्को बर्षबाट फिल्म खेल्ने बताएकी छिन् । उनले आफु फिल्म क्षेत्रमै फर्किने तर आफ्नै फिल्मबाट आउने कि अन्य फिल्ममा अभिनय गर्ने त्यो भने थाहा नभएको बताइन् । “म यो बर्ष कुनै पनि फिल्म गर्दिन, किनकी अहिले दादाको ममीको जुठो मै छु । त्यसकारण जुठो नसकेसम्म कुनै चलचित्रमा काम गर्दिन । अर्को बर्षबाट फिल्ममा आउँछु”, उनले भनिन् ।


उनले अभिनय गरेका फिल्म ‘कहाँ भेटिएला’ र ‘कोहिनुर’ उनका चर्चित फिल्म हुन् ।