५ लाखको लागतमा एक म्युजीक भिडियो, ‘दरौ सिरुबारी’ (भिडियो हेर्नुस्)

...

बैशाख, काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा गीत बजारसम्म ल्याउनका लागी खासै गाह्रो छैन । भर्खर गीतसंगीत बुझेका सर्जकहरुले पनि सजिलै गीत बजारमा ल्याएको पाइन्छ तर गीतसँगै उत्कृष्ट भिडियो बजारमा भने कमै आएको पाइन्छ ।


हामी यहाँ एक म्युजीक भिडियोको चर्चा गर्दैछौं जुन म्युजीक भिडियोका लागी मात्र ५ लाख रुपैया खर्च गरीएको छ । नेपालकै पहिलो पर्यटकीय गाउँ ‘दरौ सिरुवारी’को प्रबद्र्धनका लागि निर्माण गरिएको ‘दरौं सिरुबारी’ बोलको म्यूजिक भिडियोको छायंकन सकिएको छ ।

darau sirubari music video - artist khabarसाथै म्युजीक भिडियोको प्रोमो समेत आइसकेको छ । गीतको पुर्ण भिडियो केहि दिनमा आउने यसैगीतका निर्माता तथा पोखराका वरिष्ठ संस्कृतीकर्मी तथा गुरुङ्ग फिल्मका नायक तारा वहादुर गुरुङ्गले बताए ।

भिडियोलाई निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका छन् । भिडियोमा स्याङजाको पर्यटकीय गाँउ सिरुवारी, दरौ, माझकटेरी र वेझाङ्गका मनोरम दृश्यलाई समावेस गरीएको छ । भिडियोमा निर्माता तथा चलचित्र कर्मी तारा वहादुर गुरुङ्ग, नेपाली चलचित्रकी नायिका मोनिका दाहाल र नेपाली कथानक चलचित्र धौलीका नायक तेज गिरीले अभिनय गरेका छन् ।
darau sirubari - artist khabardarau sirubari - artist khabarआफ्नै जन्मस्थान भएकोले पनि सिरुवारीको प्रबद्र्धनका लागी अझ जोड दिएको बताउँछन् नायक गुरुङ्ग । “मेरो जन्म स्थान भएकाले पनि गाउँका लागि केहि गर्ने योजना थियो, त्यहि योजना अनुसार म्यूजिक भिडियो निर्माण गरेको हुँ ।” गाउँको मात्रै नभएर समग्र पर्यटन क्षेत्रको पनि प्रर्वद्धन हुने आशा लिएको छु, गुरुङ्गले भने । गीतमा संगीत जयकुमार परियारले भरेका छन् भने शव्द र गायन राजु परियारको रहेको छन् ।

भिडियोको प्रोमो तथा मेकिंग भिडियो हेर्नसक्नुहुनेछ ।
Promo:

Making Video: