बैशाख, काठमाडौं । फिल्म ‘गाजलु’ बिवादमा पर्ने देखिएको छ । अभिनेता अनमोल केसी अभिनित गाजलुको बिषयवस्तुलाई लिएर विवादमा पर्ने देखिएको हो ।
कुमारीको कथालाई उठान गरेको यस फिल्मलाई कुमारी घरले फिल्मका निर्माता, निर्देशकलाई बोलाएर कुरा पनि गरिसकेको छ । फिल्ममा कुमारी बनेकी यूवतीको यो समय सकिएपछि उसले के गर्छे भन्ने कथा छ ।
–
विज्ञप्तीमा उनले चलचित्रले कुनै पनि जाति विशेषको परम्परा र सम्प्रदाय लाई लिएर कसैको संस्कृति र मनोभावनामा आँच पुरयाउन नखोजेको बताएका छन् । निर्माण पक्षले फिल्मबारे स्पष्टीकरण दिदै ट्रेलरमा बोलिएका संवादहरु कथाको माग अनुसार भएको र नितान्त सकारात्मक सन्देश दिनका लागि राखिएको बताएका छन ।
–
अनमोल केसीसँगै फिल्ममा श्रृष्टी श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान मुख्य भूमिकामा छन् । फिल्ममा श्रृष्टी कुमारी यूवतीको भूमिकामा छिन् । फिल्म जेठ २८ गतेबाट रिलिज हुँदैछ । सिनेमालाई हेमराज विसीले निर्देशन गरेका हुन् ।