गायक मिलन लामाको आज जन्मदिन, भन्छन् ‘आजसम्म केक काट्ने गरेको छैन’

...

बैशाख, काठमाडौं । आज बैशाख २२ गते अर्थात चर्चित गायक मिलन लामाको जन्मदिन । ‘माझि दाई पोखरा फेवातालको’ भन्दै एकाएक चर्चामा आएका पुराना गायक अहिले पनि उत्तिकै चर्चित छन् । सदाबहार रुपमा चलिरहने उनका गीतहरु अहिले पनि उत्तिकै मात्रामा सुन्ने तथा हेर्ने गरीन्छ ।milan lama in australia transit - atist khabarकलाकारहरुको जन्मदिन साधारण मानिसहरुको भन्दा भिन्दै हुने गरेको प्राय देख्छौं । सेलिब्रेटी भइसकेपछि जन्मदिनको अवसरमा कलाकार कलाकारहरु बिच शुभकामना आदाप्रदान गर्ने चलन पाइन्छ । तर कतिपय कलाकारहरुलाई आफ्नो जन्मदिन आएपनि सेलिब्रेसन गर्न समय पुग्दैन । यस्तै भएको छ गायक मिलन लामालाई ।

प्राय जन्मदिन भनेर हुरुक्कै नहुने गायक मिलन लामाले आज परेको जन्मदिन पनि खासै रमाइलो सँग मनाउन पाएनन् । उनको आज परेको जन्मदिन जहाजमै यात्राको क्रममै बितेको बताएका छन् । एक साताको नेपाली कार्यक्रमका लागी अस्ट्रेलिया हिडेका मिलनले आफ्नो जन्मदिन ट्रान्जिटमै बितेको भन्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

गायक मिलन लामाले आर्टिस्ट खबरसँग टेलिफोनमा कुरा गर्दै भने, “मैले अहिलेसम्म खासै धुमधाम सँग जन्मदिन मनाएको छैन । त्यसरी धुमधाम गर्न पनि मन लाग्दैन । अलि साधारण छु कि जस्तो लाग्छ । अहिलेसम्म केक काटेर जन्मदिन मनाएको छैन ।”
milan lama , raja rajendra, santosh lamaउनी अस्ट्रेलियामा मे ६ देखी २२ तारिख सम्म ६ वटा कार्यक्रममा लागी गएका हुन् । उनी एक साता पछि पुनः नेपाल फर्कनेछन् । उनीसँग हाँस्यब्यंग्यकार राजाराजेन्द्र पोख्रेल, सन्तोष लामा र गायिका ज्योती मगरपनि सँगै अस्ट्रेलिया पुगेका छन् ।