राजेन्द्र कार्कीले ल्याए चोखो माया गर्नेहरुको लागी एक गीत (भिडियो)

...

बैशाख, काठमाडौं । ‘एक समय दमौलीमा गेट’ , ‘संसार साराको’ लगायतका गीत ल्याएर दर्शक तथा स्रोताको मनमा बस्दै आएका गायक राजेन्द्र कुमार कार्कीको स्वरमा एक गीत बजारमा आएको छ । गायक राजेन्द्र र दुर्गा नेपालको स्वरमा ‘यस्तै रहेछ प्यार’ बोलको लोकदोहोरी गीत बजारमा आएको हो ।

yastai raixa mayatचोखो माया गर्नेहरुको कथालाई गीतमा उतारीएको देख्न सकिन्छ । गीतमा शब्द रचना राजेन्द्र कुमार कार्कीकै रहेको छ भने संगीत बिरही कार्कीले भरेका छन् । भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने एम. एस. श्रेष्ठले छायांकन गरेका हुन् ।

भिडियोलाई रोशन धितालले सम्पादन गरेका हुन् । भिडियोमा कृष्ण बाबु, अंकिता नेपाल, जेनी राणा, जगन्थाथ नेपाल, लिलादेवी क्षेत्रीको अभिनय रहेको छ ।