सौगात र दयाहाङलाई लिएर बेल्जियमबाट ‘लप्पन छप्पन’को छायांकन सुरु

...

बैशाख, काठमाडौं । फिल्म ‘लप्पन-छप्पन’को छायांकन सुरु भएको छ । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो फिल्ममा अहिलेका रुचाइएका कलाकारहरु सौगात मल्ल र दयाहाङ राईलाई लिइएको छ । साथमा अर्पण थापा पनि रहेका छन् । यी तिन कलाकारहरुको पेरोफेरोमा यो फिल्म बन्ने भएको हो ।

dayahang rai and saugat malla - artist khabarबेल्जियमबाट छायांकन सुरु हुने यस फिल्मका लागी कलाकारहरु पनि बेल्जियम नै पुग्नेछन् । फिल्ममा नायिकाको रुपमा बर्षा सिवाकोटी रहनेछिन् ।करिब एक महिना यूरोपमा यो चलचित्र खिचिनेछ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन रहनेछ ।