नेपालमै केहि गर्नुस भन्ने सन्देश दिँदै पाँडे र जिग्रीको जापानमा कमेडी

...

बैशाख, काठमाडौं । टेलिभिजनको पर्दामा सधैं फटाई काम गरेर काम कमाएका कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)ले जापानको एक कार्यक्रममा कमेडी प्रहसन गरेका छन् । हाँस्य टेलिश्रृंखला भद्रगोलका यी दुई चर्चित कलाकारहरु जापानमा मे ३ मा बैदेशीक रोजगारी र अध्ययनका लागी जापान पुगेका नेपालीहरुमाझ सन्देशमुलक कमेडी प्रहसन गरेका थिए ।

pade and jigri in japanनेपालमा पनि रोजगारीका लागी प्रशस्तै बाटोहरु भएको र नेपालमै केहि गर्नु पर्ने भन्दै हँसाउने शैलीमा यी दुई कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिएका थिए । बिदेशमा आएर पनि नेपालीले दुख पाएको भन्दै पाँडे र जिग्रीले रमाइलो शैलीमा सन्देश दिएका थिए । सो कार्यक्रम सकेर यी कलाकार अहिले नेपाल फर्किसकेका छन् ।

arjun ghimire pade and kumar katteelसयौं दर्शकको उपस्थितीमा नाकानो हलमा भएको कार्यक्रममा नेपालबाट अन्य कलाकारहरु पनि गएका थिए । हाँस्यब्यंग्कार मनोज गजुरेल, नायिका ऋचा शर्मा र लोक गायिका काजल गुरुङले पनि आफ्नो प्रस्तुती दिएका थिए । कलाकार मनोज गजुरेलले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा कमेडी गर्दै गर्दा दशर्शकहरु खबै हाँसेका थिए ।

arjun ghimire pade and kumar katteelजापानबाट औपचारिक सेवा सुरु गरेको सिद्धार्थ बैक तथा रेमिटको उदघाटन कार्यक्रमको अवसरमा आयोजित ‘नेपाली साँझ २०१६’ मा नेपाली कलाकार त्यहाँ पुगेका हुन् ।