बैशाख, काठमाडौं । आज ‘माता तिर्थ औंशी’ अर्थात ‘आमाको मुख हेर्ने दिन’ । आमा हुनेले आज आफ्नो आमालाई मिठो खानेकुरा खुवाएर मनाउने गर्दछन् भने आमा नहुनेहरुले आमालाई सम्झेर आजको दिन मनाएका हुन्छन् ।
आज बिहानै देखी सामाजिक सञ्जालका भित्ताहरुमा आफ्ना आमाको तस्बिर पोष्ट गर्नेहरु धेरै भेटिन्छन् । देशबिदेश रहेर आमालाई सामाजिक सञ्जाल मार्फत भएपनि सम्झनेहरु धेरै छन् । यस्तैक्रममा हामी यहाँ नेपाली आर्टिस्टहरुको माता तिर्थ औंशीको आजको दिनको कुरा गर्दै छौं ।
आजले दिनहुँ टेलिभिजनको पर्दामा देखेका कलाकारहरुलाई जन्मदिने आमाको बारेमा बुझेका हुन्नौं र देखेका पनि हुन्नौं । कलाकारका बारेमा मात्र बुझ्ने गरेका हामी आज केहि हाँस्य कलाकारहरुको आमाको तस्बिर र उनीहरुको आमाको मुख हेर्ने दिनमै राखिएको फेसबुक स्टाटसलाई हेर्नेछौं ।
जितु नेपाल (मुन्द्रे)
टेलिभिजनमा जिरे खुर्सानीको मुन्द्रेबाट चर्चित भएका जितु नेपालले आज आफ्नी आमासँगको तस्बिर पोष्ट गर्दै केहि लेखेका छन् । उनले आजमात्र आमाको मुख हेर्ने दिन भनेर आमालाई माया गरेजस्तो गर्नु बेकार रहेको बताएका छन् । साथै उनले आफुले आमाको मुख हेर्ने दिन भनेर आमालाई आज मात्र माया नदेखाएको र सधै उनको लागी माता तिर्थ औंशी भएको लेखेका छन् ।
शिबहरी पौडेल
हाँस्य टेलिश्रृंखला जिरे खुर्सानीमा प्वाक्क मुखामा हानु जस्तो थेगो भनेरै चर्चामा आएका शिवहरी पौडेल यतिखेर बिदेशमा छन् । बिदेशमै भएपनि उनले पनि आफ्नो फेसबुकमा आमालाई सम्झँदै केहि कुरा लेखेका छन् । उनले आमालाई प्रसंस्सा गर्ने आफ्नो औकात नै नभएको बताएका छन् । आमाको प्रशंसा गरेर कहिल्यै नपुग्ने भन्दै उनले आफ्नी आमासँगको तस्बिर पोष्ट गरेका छन् ।
विल्सन बिक्रम राई
हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा तक्मेबुढा भएपछि अझ चर्चामा आएका विल्सन बिक्रम राईले आफ्नी स्वंगीय आमालाई सम्झिँदै पुरानो तस्बिर पोष्ट गरेका छन् जुन तस्बिरमा उनी निकै सानो छन् । उनीसँग उनका बाबा र आमा सँगै छन् । साथै उनले आफ्नी आमासँगको पल धेरै समय बिताउन नपाएपनि आमाको माया कहिल्यै नमेटिने बताएका छन् । साथै उनले अहिले पनि धेरै आमाको माया पाएका बताएका छन् ।
सिताराम कट्टेल, कुञ्जना घिमिरे
हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा धुर्मुस र सुन्तलीको भुमिकाबाट दर्शकमाझ रुचाइएको दुई कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि आफ्नी आमाको तस्बिर पोष्ट गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसन नामक फेसबुक पेजबाट उनीहरुले आमाकै प्रेरणाले यहाँ सम्म आइपुगेका भन्दै आमासँग आर्शिवाद लिएका छन् । साथै उनीहरुले भुकम्प पिडितहरुको घाउमा मलमपट्टी लगाउन बाँकी रहेको भन्दै जीवन भरआमाको साथ रहने बताएका छन् ।
केदार घिमिरे (माग्ने बुढा)
हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा माग्नेबुढाको भुमिकाबाट चर्चामा आएका केदार घिमिरेले पनि आमालाई सम्झँदै केहि लेखेका छन् । आफ्नी आमाको तस्बिर घरमा आगो लाग्दा सँगै जलेको कारण आफुसँग आमाको तस्बिर नभएको भन्दै एक गुगल तस्बिर पोष्ट गरेका छन् जुन तस्बिरमा आमाले छोरालाई डोकोमा बोकेको देखिन्छ । आफ्नी आमा अहिले नभएपनि आफुले धेरै आमाहरुको माया पाएको उनले बताएका छन् ।
दिपकराज गिरी
टेलिभिजनको पर्दामा पनि दिपकराज गिरी नै भनेर चिनिएका दिपकराजले आफ्नी आमाको तस्बिर नभएको र आमाको अनुहार कस्तो थियो भन्ने समेत थाहा नभएको बताएका छन् । साथै उनले गुगल तस्बिरको सँगको स्टाटसमा एल्बम पल्टाउँदै जाँहा आमाहरुको पनि आमाको तस्बिर भेटेको बताए जुन तस्बिर नेपाल आमाको हो ।
कुमार कट्टेल (जिग्री)
हाँस्य टेलिश्रृंखला भद्रगोलबाट जिग्रीको भुमिकाबाट अझ चर्चामा आएका कुमार कट्टेल जिग्रीले पनि आफ्नी आमासँगको तस्बिर पोष्ट गरेका छन् । उनले आफ्नी आमालाई बिद्धाश्रममा राखेर आमा तिमी महान भन्दै लेख्नेहरु प्रति बिरोध जनाएका छन् ।