अस्ट्रेलिया पुगेकी ज्योती मगरलाई गायक मिलन लामाले यस्तो बनाइदिए (तस्बिर सहित)

...

बैशाख, काठमाडौं । कार्यक्रमको शिलशिलामा यतिखेर गायिका तथा मोडल ज्योती मगर अस्ट्रेलियामा छिन् । केहि दिन अघिमात्र अस्ट्रेलिया पुगेकी ज्योतीले अस्ट्रेलियामा शुक्रबार भएको एक कार्यक्रम भन्दा फरक प्रस्तुती देखाइन् । अन्य कार्यक्रममा उनको त्यो कार्यक्रम फरक हुन पुग्यो किनकी उन स्टेजमा गुइयो चोलीमा प्रवेश गरेकी थिइन् ।

jyoti magar and milan lama in australia programगायिका ज्योती मगर भनिसकेपछि बोल्ड भनेर चिनिएकी उनी अस्ट्रेलियाको डार्विनको एक कार्यक्रममा यसरी गुनियो चोलीमा सजिँदा दर्शकहरु निकै उत्साहित देखिन्थे । धेरैजसो कार्यक्रममा छोटा पहिरनमा आफ्नो प्रस्तुती दिने ज्योती मगरले गुनियो चोलीमा प्रस्तुती दिँदा केहि दर्शक अनौंठो मानेका थिए । हुनन ज्योतीले पहिलो पटक गुइयो चोलीमा प्रस्तुती दिएकी त होइनन तर उनका अधिकांश प्रस्तुती छोटा पहिरनमै हुने भएकाले पनि दर्शक माझ उनी हट गायिका तथा मोडल भनेर चिनिएकी छिन् ।


ज्योती मगर यसरी स्टेजमा गुनियो चोलीमा भने त्यसै आइनन् । गायक मिलन लामाको बिशेष पहलमा उनी गुनियो चोलीमा गीत गाएकी हुन् । दौरा सुरुवाल टोपीमा सजिएका मिलन लामाले ज्योतीलाई गुनियो चोलीमा स्टेजमा चढाएका हुन् । त्यसो त ज्योतीले पनि आफुलाई गुनियो चोलीमा गीत गाउँन पाउँदा निकै खुसी लागेका बताएकी छिन् ।
jyoti magar in australia - artist khabar 1देशप्रेमी गायक मिलन लामाका अधिकांश गीतहरु पर्यटनसँग सम्बन्धित हुन्छन् र नेपाली मन भएका गीत गायका हुन्छन् त्यसैले पनि उनले देश बिदेशका कुनै पनि कार्यक्रममा प्राय दौरासुरुवालमा आफ्नो प्रस्तुती दिएका हुन्छन् ।

साथै कार्यक्रममा पेटमिचि मिचि हँसाउन खप्पिस हाँस्यव्यंग्यकार राजा राजेन्द्र पोख्रेलले पनि देशको परिस्थीतलाई समेट्दै व्यंग्य गरेका थिए । कार्यक्रममा दोस्रो नेपाली तारा सन्तोष लामाले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
raja rajendra pokhrel in australiaअस्ट्रेलियामा मे ६ देखी २२ तारिख सम्म हुने ६ वटा कार्यक्रमका लागी कलाकारहरु त्यहाँ पुगेका हुन् । कलाकारको टोली अर्को साता कार्यक्रम सकेर नेपाल फर्कनेछ ।