दर्शकलाई कुटेपछि मिका सिंहलाई अदालतले तिरायो २० हजार जरिवाना

...

बैशाख, मुम्बई । गायक मिका सिंहलाई अदालतले २० हजार रुपैंया जरिवाना तिराएको छ । दर्शकलाई कुटेको अभियोग लागेका सिंहलाई अदालतले जरिवाना तिराएको हो ।

भारतको इन्द्रपुरमा सन २०१५ मा भएको म्युजिक कन्सर्टमा मिका सिंहले एक दर्शकलाई थप्पड मारेका थिए । एक डक्टरले मिकाको बिरुद्धमा उजुरी गरेका थिए ।
mikaa singh - artist khabarउजुरीमा मिका सिंहले जानी जानी दर्शकलाई चोट पुर्‍याएको उजुरी गरिएको थियो । तर, मिकाले आफुले थप्पड हानेको अस्वीकार गर्दै आएका थिए ।

पछि उनले जरिवाना तिरेपछि उनले थप्पड हानेको पुष्टि भएको हो ।