दिपाश्रीको ‘छक्का पन्जा’ भदौ २४ मा रिलिज हुने

...

बैशाख, काठमाडौं । हाँस्य कलाकारहरुले निर्माण गरेको फिल्म ‘छक्का पन्जा’ को रिलिज मिति घोषणाा गरीएको छ । कलाकार दीपाश्री निरौलाले डेब्यु निर्देशन गरेको ‘छक्का पन्जा’ आउँदो भदौ २४ गतेबाट रिलिज हुने भएको हो ।
Deepa-Shree-Niraula-Deepak-Raj-Giri-Photo-2यस भन्दा अघि दशैंमा रिलिज हुने गरी काम गरीरहीएको भनिएपनि अन्तः लामो छलफल र बहसपछि भदौंमा रिलिज गर्ने निर्णय भएको छ निर्देशक निरौलाका अनुसार भदौमा रिलिज हुने फिल्मको संख्या दर्जन बढी भएपनि यो फिल्म भने सोलो रिलिज हुनेछ । यस फिल्मका निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा हुन् ।
Deepak raj giri

फिल्ममा टेलिभिजनको पर्दामा रुचाइएका हाँस्य कलाकारहरुको बाहुल्यता देखिन्छछ । हाँस्य टेलिश्रृंखलाबाट दर्शकको मन जितेका कलाकारहरु फिल्ममा उत्रिएका छन् त्यसले गर्दापनि फिल्मलाई दर्शकले मन पराउने आशा गर्न सकिन्छ । फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


यसै फिल्म युनिटले यस भन्दा अघि ‘६ एकान ६ र वडा नम्बर ६’ बनाएर सफलता पाइसकेकाले पनि यो युनिट अहिले पनि फिल्मबाट सफलता पाउनेमा आशावादी देखिन्छ ।