बैशाख, काठमाडौं । टेलिभिजनको पर्दाबाट हँसाउदै आएका कलाकार बिनोद केसी गम्भिर घाईते भएका छन् । आफ्नै घरको शौचालय जानेक्रममा लडेर केसीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
उनी शौचालय जाने क्रममा बेशोस भएर ढलेपछि केहि समय पनि घरका सदस्यले देखेर अस्पताल पुर्याएका थिए । उनको अहिले ढाडको अप्रेसन गरीएको छ ।
–
केसीले टेलिश्रृंखाल ‘जीरे खुर्सानी’ लगायत विभिन्न श्रृङ्खलामा अभिनय गर्दथे ।