बैशाख, काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनीले नयाँ दिल्ली पुगेर नेपाल हस्तक्षेप बिरुद्धको एक गीत गाएका छन् । हालै नयाँ दिल्लीमा आयोजित एक साँस्कृतिक कार्यक्रममा उनले यस्तो गीत गाएका हुन् ।
‘वल्र्ड गोर्खा फाउन्डेसन ट्रष्ट’ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका बद्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विषयमा गरेको हस्तक्षेप को विरोध गर्दै त्यस्तो गीत गाएका हुन् । उनले भारतले नेपालको आन्तरीक मामिलामा देखाएको अनावश्यक चासोलाई कम गर्नका लागि मोदी लाई आग्रह गर्दै यस्तो गित गाएको बताएका छन् ।
–
राष्ट्रिय स्वाभिमान कायम राख्नका लागि हरेक नेपालीले यस्तो पहल गर्नुपर्ने बताउँदै बद्रीले गित गाएर आफुले भारतको विरोध गरेको नभई भारतले नेपाल प्रति देखाउने प्रवृतिलाई मात्र विरोध गरेको जनाएका छन् । उनले यस्तो गित गाउँदा नयाँ दिल्लीमा रहेका नेपालीहरुले खुसी व्यक्त गरेका थिए।
गायक बद्री पंगेनीले कार्यक्रममा गाएको गीतका शब्दको केहि अंशः
‘नियम कानुन हाम्रै हो, संविधान हाम्रै हो ,
मोदीको टाउको किन दुख्ने हो,
न त चुके नदीनाला, न त झुके हाम्रा पुर्खा,
तिनैका सन्तती किन झुक्ने हो’