भारतका कुख्यात हत्याराले गरेको हत्यामा आधारित फिल्मको ट्रेलर आउट (भिडियो)

...

बैशाख, काठमाडौं । फिल्म ‘रमन राघव २’ को ट्रेलर बाहिरीएको छ । ६० को दशकमा भारतका कुख्यात हत्यारा रमन राघवले गरेको सिलसिलेवार हत्यामा आधारित यस फिल्मको ३ मिनेट २३ सेकेण्डको ट्रेलर भिडियो बाहिरीएको हो ।

raman-raghav-posterयस फिल्ममा मुख्य भुमिकामा रहेका नवाजुद्धिन सिद्धिकीले साइको किलरको रोल प्ले गरेका छन् । त्यस्तै फिल्ममा विक्की कौशलले रमनलाई गिरफ्तार गर्ने पुलिस अफिसरको भुमिका खेलेका छन् । फिल्मलाई अनुराग कश्यपले निर्देशन गरेको हुन् ।


जुन २४ देखि प्रदर्शनमा आउने यस फिल्ममा नवाज, बिक्की का अलावा विपिन शर्मा, अमरुता शर्मा,शोभिता धुलिपाला आदिको अभिनय रहेको छ ।