बैशाख, काठमाडौं । शनिबारको दिन प्राय फुर्सदिलाहरु टुडिखेलमा मज्जैले रमाइलो गरे । बलिउडका चर्चित दुई सुन्दरीहरुको साथमा टुँडिखेलमा भएको अमरपंक्षि नामक कार्यक्रममा सयौं दर्शक मज्जैले रमाए ।
शनिबार दिउँसै देखी ५ सय रुपैंया देखी ७ हजारसम्मको टिकट काटेर कार्यक्रमलाई कुरेर बसेका दर्शकहरु राती अबेर सम्म बसेर रमाइलो हेरीरहे । ५ सयबाट माथि ७ हजारसम्म जति धेरै पैसा तिर्दै गयो त्यतिधेरै नजिकबाट हेर्न पाइने सुबिधा रहेको कार्यक्रममा ५ हजार र ७ हजारको टिकट काट्नेले बसेरै हेर्न पाएँ । अन्यले भने उठेरै हेर्नु परेको थियो । कार्यक्रम ६ बजे सुरु भएको थियो भने दर्शकले दिउँसो ३ बजेबाटै टिकट काटेर बसेका थिए ।
नेपाल सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रमको सुरुवातमा नेपाली हट गायिका इन्दिरा जोशीले पनि दर्शकलाई खुबै रमाइलो बनाएकी थिइन् । नेपाली सुन्दरीहरुको प्रस्तुतीलाई पहिलो प्राथमिकता दिँदै पछि पछिको माहोल बलिउडका सुन्दरीहरुले खुबै तताएका थिए ।
कार्यक्रमा नेपाली सुन्दरीहरुमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की लगायत नायिका तथा गायिकाहरुले बलिउडका सुन्दरीहरुको जत्तिकै प्रस्तुती दिएका थिए । उनीहरुपनि सोनाक्षी र मलाईका भन्दा कमि चाँही पक्कै थिएनन् ।
शनिबार दिउँसै देखी यस्तो देखिएको थियो टुडिखेलको माहोल, तलको तस्बिरमा हेरौं ।