कपिल शर्माको शो को लागी खतरा, रेटिंगमा मात्र ०.२ अंक तलमाथि

...

जेठ, काठमाडौं । कमेडि किंग कपिल शर्माको शो द कपिल शर्मा शो को लागी खतराको घंटी बज्ने देखिएको छ । द कपिल शर्मा शोको शुरुवातको दुई एपिसोडको टिआरपी क्रमशः ३ र २.९ रह्यो ।

kapil sharma comedy show - artist khabarटिआरीको यो आंकडा हेर्दा पहिलाको सो भन्दा अहिले बढी नै थियो तर दुखको कुरो यो छ कि ३० अप्रिल देखि ६ मे सम्म उनका कम्पिटिटर शो कृष्णको कमेडी नाइट्स लाइभको रेटिंग कपिलको शो भन्दा ०.२ अंकले मात्र तलमाथि भएको छ ।

कपिलको शो को रेटिंग १.९ हुँदा कृष्णाको शो को रेटिंग १.७ रहेको छ । अब कृष्णाको शोले कपिललाई ओभरटेक गरे भने चाँही कपिललाई झड्का लाग्ने देखिन्छ ।