निखिल उप्रेतीले मनाए जन्मदिन, किङ्ग’को सुटिङ सेटमै केक काटियो

...

जेठ, काठमाडौं । अभिनेता निखिल उप्रेतीले आफ्नो जन्मदिन मनाएका छन् । जेठ २ गते (आईतबार) उनले आफु अभिनित फिल्म ‘किङ्ग’को सुटिङ्ग सेटमै जन्मदिनको केक काटेका हुन् ।
Nikhil-Uprety-and-Benisha-and-Sabirबुढानिलकण्ठस्थित मह स्टुडियोमा फिल्म युनिटसँग निखिलले जन्मदिन मनाउँदै पहिलो पटक आफ्नो जन्मदिनमा यसरी केक काट्दा खुसी लागेको बताए । साथै उनले आफु कतिबर्षको पुगे भन्ने चाँहे बताउन चाहेनन् ।


निखिलको जन्मदिनको अवसरमा ‘मह’ स्टुडियोमा ‘किङ्ग’का निर्माता जयन श्रेष्ठ, निर्देशक सविर श्रेष्ठ, नायिका वेनिशा हमाल, नायक अनुपविक्रम शाही, लगायतको उपस्थिती थियो ।