जेठ, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको कपाल रोप्नका लागी दुबई देखि डाक्टरहरु आएका छन् । सलमानको तालु खुइलिँदै गएपछि उनको हेयर ट्रान्सप्लान्ट हुँदैछ । त्यसका लागि डाक्टरहरुले उनलाई उनको पनभेल फार्म हाउसमा रहन सुझाव दिएका हुन् ।
सलमानको बहुप्रतीक्षित फिल्म सुल्तानको प्रमोसन गर्ने बेला भइरहेको बेला डाक्टरहरुले उनलाई बाहिर ननिस्कन सल्लाह दिएका छन् । उनलाई एयर कन्डिसनरमा रहन समेत सुझाव दिइएको छ।
–
हेयर ट्रान्सप्लान्टका लागि उनी फार्महाउसमा बस्नेछन्। चर्को घामले उनको टाउकोमा रौ ट्रान्सप्लान्ट गर्न कठिन हुन्छ। सलमानको कपाल अहिले पहिलोपटक ट्रान्सप्लान्ट गर्न लागिएको भने होइन । सन् २००३ मा नै र पछि सन् २०१२ मा उनको हेयर ट्रान्सप्लान्ट गरिएको थियो
–
सलमान खानको उपचारमा डाक्टरसँगै उनकी आमा सलमा र गर्लफ्रेन्ड लुलिया भेन्चरसँगै रहने छन्।