जेठ, काठमाडौं । भुकम्प पिडितहरुका लागी एकिकृत नमुना बस्ती बनाउन खटिएका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अहिले पनि गिरान्चौरमै छन् । वैशाख २९ देखि सुरु भएको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम तिव्र गतिमा अघि बढाइरहेका बेला मेरीबास्सै सुटिङ गर्न गिरान्चौरबाट टाढा जानुपर्ने भएकोले बाधा पर्ने भन्दै अब मेरीबास्सैको सुटिङ पनि गिरान्चौरमै गर्दैछन् ।
जतिसक्दो छिटो बस्ती निर्माण गरेर भुकम्प पिडितहरुलाई हस्तान्तरण गर्ने उद्देश्यका साथ लागिपरीरहेका धुर्मुस सन्तलीले अहिले बिहानै देखि रातको ११ बजेसम्म काम गरीरहेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले आर्टिस्ट खबरलाई जनाएअनुसार उनी काठमाडौंका अन्य काम छोडेर पनि बस्ती निर्माणमा व्यस्त छन् । “अन्य काम भन्दा यो काम महत्वपुर्ण भन्ने लाग्छ, समय मिलाएर काठमाडौं आउनेगरेको छु”, अबको शनिबार चाँही काठमाडौं आउँछु होला, सितारामले आर्टिस्ट खबरसँग भने । उनले दसैं अगाडि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ बस्ती निर्माणको काम भइरहेको बताए ।
–
सिन्धुपाल्चोकको मेलम्ची ८ गिरान्चौरमा एकिकृत बस्ती बनाउन अहिले भूकम्पले भत्काएको भग्नावशेष हटाउने र जग्गा सम्याउने काम भइरहेको छ ।
Click Here for Video