अदालतले बिकास बोर्डलाई भन्यो- ‘फिल्मको नाम ‘गाँजाबाजा’ राख्न किन नपाउने ? कारण देखाऊ’

...

जेठ, काठमाडौं । चलचित्र बिकास बोर्डले चलचित्रको नाम गाँजाबाजा राख्न नपाउने भनेपछि निर्देशकले अदालतको ढोका ढकढक्याउन पुग्दा अदालतले चलचित्र विकास बोर्डलाई ‘गाँजाबाँजा’ विवादमा कारण देखाऊ आदेश जारी गरेको छ । निर्देशक गणेशदेव पाण्डे बोर्डले ‘गाँजाबाजा’ शीर्षकमा फिल्म बनाउन पाउने आफ्नो मौलिक अधिकार कुन्ठित गरेको भन्दै अन्तरिम आदेशका लागि निवेदन गरेका थिए ।

gaja_baja_nepali_movie_अन्तरिम आदेशका लागि गरेको निवेदनमा सुनुवाई गर्दै मंगलबार अदालतले मंगलबार बोर्ड अध्यक्ष राजकुमार राईलाई १५ दिन भित्र नाम राख्न नपाईने कारण सहित उपस्थित हुन न्यायधिश गोपाल पराजुलीको एकल इजलासले आदेश दिएको हो ।

निर्देशक पाण्डेले बारम्बारको लिखित तथा मौखिक आग्रहलाई बोर्ड पदाधिकारीले वेवास्ता गरेकाले बाध्य भएर अदालतको ढोका ढकढक्याउन गएको बताए ।

‘निर्देशक पाण्डेले यो भन्दा अघि मालतीको भट्टी’ र ‘मञ्जरी’ जस्ता दुई फिल्म निर्माण गरीसकेका छन् ।