बद्री पंगेनीको सांगितिक प्रश्नमा केपिओलीको यस्तो हाँसो लाग्दो उत्तर

...

जेठ, काठमाडौं । बिहिबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री केपि ओलीलाई गायक बद्री पंगेनीले सांगितिक प्रश्न गरे । रमाइलो पारामा भाषण गर्ने प्रधानमन्त्री ओलीले गायक बद्रीलाई पनि मज्जैको उत्तर दिए ।


बिहिबार एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशन उदघाटन समारोहमा पुगेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा पश्न गरेकाहरुलाई आफ्नो उत्तर दिँदै थिए ।

badri pangeni - singer
‘आउला त पिएमज्यू सिगात्सेको रेल,
भर्न मन छ पिएमज्यू चाइनावाला तेल ।’
जब बद्री पंगेनीले यसरी गीत गाए उपस्थितहरुले ताली पिटे । गीत गाउन्जेल सुनिरहेका प्रधानमन्त्री ओलीले पछि यसरी जवाफ दिए, ‘अब चाइनावाला तेल होइन, दुई वर्ष प्रतिक्षा गर्नु आफ्नै देशको तेल मोटरमा भर्न पाउनुहुनेछ ।’ , प्रधानमन्त्रीको यो उत्तर सुनेपछि उपस्थितहरु मज्जैले हाँस्दै ताली पिटे ।


त्यस्तै गायक बद्री पंगेनीले कार्यक्रममा उपस्थिति सञ्चारमन्त्री शेरधन राईलाई सम्वोधन गरेर अर्को सांगितिक प्रश्न राखेः

गायकले भोकोपेट कति गाउने हो ?
पत्रकारले १९ हजार कैले पाउने हो ?

यस प्रश्नको उत्तर पनि प्रधानमन्त्री ओलीले नै यसरी दिए , “पत्रकारले १९ हजार तलब कहिले पाउनु नि ? ‘महिना मरेपछि ।” सबै गलल हाँसे ।

कार्यक्रमको माहोल रमाइलो बनाउन गएका गायक बद्री पंगेनीले कार्यक्रममा अन्य गीतहरुपनि गाएका थिए ।