चलचित्रकर्मिहरुले पिडितलाई दिए ४० घर, प्रत्येक घरमा फिल्मकै नाम

...
जेठ -७, काठमाडौं । नेपाली युवा चलचित्रकर्मिहरुले एक उदाहरणीय काम गरेका छन् । उनीहरुले ४ दिन लगाएर निर्माण गरीएका ४० अस्थायी घर भुकम्प पिडितहरुलाई हस्तान्तरण गरेका छन् । हामी सबैको लागि भन्ने अभियानका साथ थुप्रै चलचित्रकर्मिहरुले शुरु गरेका यो कार्यले काभ्रेका भुकम्प पिडितहरुलाई साच्चै नै राहत मिलेको बताउछन् । हस्तान्तरण गरीएका ४० घरमै ४० फिल्मका नाम पनि दिईएको थियो ।
we for all
युवाहरुले आट्ने हो भने गर्न नसकिने काम केहि छैन त्यसैले हामिले यस्तो अभियान चालेका हौं । आगामि दिनमा यस्तै सहयोग फेरी पनि गछौं , सो कार्यलाई संयोजन गरिरहेका विकास वोर्डका सदस्य एवम् फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले बताउनुभयो ।
we for all 2
४० अस्थायी घर निर्माणमा झन्डै ७ लाख रूपैयाँ खर्च भएको छ । अभियानमा नायक भुवन केसी, अनमोल केसी, दिलिप रायमाझी, जीवन लुईटेल, यथराज, स्वतन्त्र प्रताप शाह, संगीतकार बसन्त सापकोटा, सुरेश दर्पण पोख्रेल र  नायिका केकी अधिकारी, वेनिशा हमाल, सुरक्षा पन्त, मेलिना मानन्धर, बर्षा सिवाकोटी, नन्दिता केसीदेखि लगायतका कलाकारहरु थिए ।
we for all 3
we for all 4 we for all 5