भुवक केसीलाई टेन्सन, पुगे महानगरीय प्रहरी परिसर

...

जेठ, काठमाडौं । अभिनेता भुवक केसीले आफ्नो फिल्म ड्रिम्स पाईरेसीमा परेपछि महानगरीय प्रहरी परिसर पुगेका छन् । आफ्नो डेब्यु निर्देशनमा रहेको ड्रिम्सको पाईरेसीको दोषाी छिटो पत्ता लगाई पाउँ भन्दै उनी महानगरिए प्रहरी परिसर टेकु पुगेका हुन् ।

bhuwan kcबिहिबार दिउँसो भुवनले परिसर प्रमूख एसएसपी सर्वेन्द्र खनालसँग भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । केसीले परिसरमा रहेको साइबर सेल शाखामा उजुरी दर्ता गराएका छन्।


भुवनले फिल्मको पाइरेसीका कारण आफूलाई झण्डै १ करोड रूपयाँ बराबरको हानी भएको दाबी गरेका छन् । केसी हालै फिल्म प्रदर्शनका लागि अष्ट्रेलिया र युरोप गएर फर्किएका हुन् ।