फिल्म ‘किन गरेँ माया’ले रुवायो दर्शक, पहिलो दिनमै राम्रो सुरुवात

...

जेठ, काठमाडौं । आज शुक्रबार बाट प्रदर्शनमा आएको फिल्म ‘किन गरें माया’ले राम्रो सुरुवात गरेको छ । आजबाट देशभर एकैसाथ प्रदर्शनमा आएको फिल्म किन गरेँ मायाले दर्शकलाई रुवाउन सफल भएको छ । काठमाडौं उपत्यका भित्रका केहि सो हरुमा फिल्म हाउस फुल समेत भएको निर्माण पक्षले बताएको छ ।
film kina  gare maya - opening greatप्रेम कथामा आधारीत यस फिल्मले दर्शकको आँखामा आँशु झारेको बताईएको छ । माया गरेर बिछोड भएपछिको पिडा कस्तो हुन्छ भन्ने कथामा आधारीत यस फिल्ममा नवनायक आयुष रेग्मी र नवनायिका सन्जु सिलवालको मुख्य भुमिका रहेको छ । दिल कुमार प्यासीले निर्माण गरेको यस फिल्मलाई रमेश बोगटीले निर्देशन गरेका हुन् ।


फिल्ममा आयुष र सन्जुको साथमा सरु घलन, हरीस तिमिल्सिना, सुष्मा कार्की, रश्मी भट्ट, दिलकुमार प्यासी लगायतले अभिनय गरेका छन् ।
film kina  gare maya - opening greatशुक्रबार बाट एकसाथ किन गरेँ माया, एक्शन र बेष्ट फ्रेण्ड फरएभर प्रदर्शनमा आएका छन् । एक्शन र बेष्ट फ्रेण्ड फरएभरले पनि राम्रो शुरुवात गरेको बताईएको छ ।