फिल्म ‘किन गरेँ माया’ शनिबार हाउसफुलका साथ प्रदर्शन

...

जेठ, काठमाडौं । फिल्म ‘किन गरेँ माया’ शनिबार केहि हलमा हाउस फुलका साथ प्रदर्शन भएको छ । मायाप्रेमको कथा समावेश यस फिल्ममा बिछोड पछिको पिणालाई देखाइएको छ ।
film kina gare maya movie

शनिबारको प्रदर्शनको कुरा गर्दा फिल्मले उपत्यकाका केहि शो हरुमा हाउसफुलको व्यापार गरेको छ । निर्माण युनिटले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार शनिबार मात्र चावहिल स्थित गोपिकृष्ण हलमा चार शो, अष्ट नारायण हलमा २ शो, बिग मुभिजमा १ शो र एफक्युभमा १ शो हाउस फुलका साथ व्यापार गर्न सफल भएको थियो । फिल्म प्रदर्शनको सुरुवातको दिन भन्दा शनिबार राम्रो व्यापार गरेको बताइएको छ ।

दिल कुमार प्यासीले निर्माण गरेको फिल्म किन गरें मायालाई रमेश बोगटीले निर्देशन गरेका हुन् । फिल्ममा नवनायक आयुष रेग्मी र नवनायिका सन्जु सिलवालको मुख्य भुमिका रहेको छ । फिल्ममा आयुष र सन्जुको साथमा सरु घलन, हरीस तिमिल्सिना, सुष्मा कार्की, रश्मी भट्ट, दिलकुमार प्यासी लगायतले अभिनय गरेका छन् ।

Kina gare maya filmशुक्रबार बाट एकसाथ किन गरेँ माया, एक्शन र बेष्ट फ्रेण्ड फरएभर प्रदर्शनमा आएका छन् । एक्शन र बेष्ट फ्रेण्ड फरएभरले पनि राम्रो शुरुवात गरेको बताईएको छ ।